काठमाडौं : नेपाली कांग्रेसका नेताहरु र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता भएको छ। बिहीवार भारतको राजधानी नयाँ दिल्लीमा भाजपा अध्यक्ष नाड्डासँग कांग्रेस नेताहरुको भेटवार्ता भएको नेता उदय शम्शेर राणाले जानकारी दिए।
भेटका क्रममा दुई पार्टी सम्बन्ध विस्तारका बारेमा कुराकानी भएको उनको भनाइ छ। भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा आश्विन जोहर तथा नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा नेता अजय चौरासिया र राणा सहभागी थिए।
आजै बिहान कांग्रेस सहमहामन्त्री महतको नेतृत्वमा कांग्रेस नेताहरु नयाँ दिल्ली पुगेका हुन्।
राणाले भनेका छन्, ‘आज भारतको राजधानी नयाँ दिल्लीमा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता भयो। दुई पार्टी सम्बन्ध विस्तारका बारेमा हामीहरुबीच सौहार्द कुराकानी भएको थियो। भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा आश्विन जोहर सहभागी हुनुहुन्थ्यो भने नेपाली कांग्रेसकातर्फ सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा नेता अजय चौरासिया र म सहभागी थियौँ।’