काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने टिप्पणी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान गजेन्द्रबहादुर हमाल मन्त्री बनेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। प्रधानन्यायाधीशको कोटाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेका हमाल गैर सांसद हुन्।
नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै होरु लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसिमा घोटेर मात्र पुग्दैन। त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ। नत्र कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेकोरु’
उनले इतिहासबाट शिक्षा नलिन अभिशप्त भएको तर्क गरेका छन्। लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसिमा घोटेर मात्रै नपुग्ने उनको भनाइ छ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैर सांसदलाई मन्त्री बनाएपछि चौतर्फी आलोचना भएको थियो।
पाँच दलीय गठबन्धनको देउवा सरकारले पनि गैर सांसदलाई मन्त्री बनाएपछि विरोध भइरहेको छ।