गृहपृष्ठ खबर नेता न्यौपाने भन्छन्- जनअपेक्षा प्रति पार्टी जिम्मेवार रहन्छ

नेता न्यौपाने भन्छन्- जनअपेक्षा प्रति पार्टी जिम्मेवार रहन्छ

प्रकाशित मिति:

कपिलवस्तु : नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपानेले जनअपेक्षा प्रति पार्टी जिम्मेवार रहने बताउनु भयो । नेता न्यौपानेले हालै काठमाडौंमा सम्पन्न प्रथम विधान महाधिवेशनबाट सिंगो पार्टी पंथि उत्साहित भएको रहेको धारणा राख्दै संस्थागत रुपमा पार्टी परिचालित हुने बताउनु भयो । नेता न्यौपानेले नेकपा (एमाले) जिल्ला सचिवालयको वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

त्यस्तै वैठकमा लुम्बिनी प्रदेशका कार्यालय सचिव तथा संविधान सभा सदस्य बलराम अधिकारीले पार्टी प्रति जनताको आर्कषण रहेको बताउदै पार्टी प्रवेशलाई कार्यक्रमकै रुपमा अगाडी बढाउनुपर्नेमा जोडदिन आग्रह गर्नु भयो । वैठकमा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सबै पार्टी कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो ।

निकै महत्वपूर्ण वैठकका रुपमा हेरिएको सचिवालय वैठकले निर्वाचन क्षेत्र नं. १ को संयोजकमा बाबुराम आचार्य, २ को संयोजकमा बाबुराम खनाल र ३ को संयोजकमा सिबि गहतराजलाई जिम्मेवारी प्रदान गरेको छ । वैठकले प्रदेश नं. १.१ मा इन्चार्ज विश्राम प्रसाद थारु, १.२ मा विष्णु गौतम, २.१ मा शुसिला दरलामी २.२ मा किरण देवकोटा र ३.१ मा उपेन्द्र खनाल ३.२ मा कृष्ण भण्डारीलाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै वैठकले बाणगंगा नगरकमिटीको इन्चार्जमा चक्रपाणी अर्याल, बुद्धभूमि नगरकमिटीको इन्चार्जमा पिताम्बर खना, शिवराज नगरकमिटीको इन्चार्जमा अर्जुन केसी, विजयनगर गाउँकमिटीको इन्चार्जमा गोपाल थापा, कृष्णनगर नगरकमिटीको इन्चार्जमा टोपलाल पोख्रेल, महाराजगञ्ज नगरकमिटीको इन्चार्जमा मेहराज खाँन, कपिलवस्तु नगरकमिटीको इन्चार्जमा सरिता आचार्य, एशोधरा गाउँकमिटीको इन्चार्जमा हुमनाथ पाण्डे, मायादेवी गाउँकमिटीको इन्चार्जमा तिरख पासी, शुद्धोधन गाउँकमिटीको इन्चार्जमा मुजिव खाँलाई इन्चार्जको जिम्मेवारी प्रदान गरेको जिल्ला सचिव बाबुराम आचार्यले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार