गृहपृष्ठ Featured अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीका राष्ट्रपतिको घोषणा

अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीका राष्ट्रपतिको घोषणा

प्रकाशित मिति:

टर्कीका राष्ट्रपति रिकेप तेइप एर्दोगनले अमेरिकासहित पश्चिमा देशका दश राजदूतलाई देश निकाला गर्न गर्न विदेश मन्त्रालयलाई आदेश दिएका छन्। एर्दोगनले अमेरिकासहित फ्रान्स, जर्मनी, नेदरल्याण्ड, न्यू जील्याण्ड, नर्वे, क्यानडा, डेनमार्क, फिनल्याण्ड र स्विडेनका गरी दशजना राजदूतलाई निष्काशित गर्ने आदेश दिएका हुन्।

‘मैले हाम्रो विदेश मन्त्रालयलाई यी दश राजदूतहरुलाई जति सक्दो छिटो ‘पर्सोना नन् ग्राटा’ घोषणा गर्ने आदेश दिएको छु’, राष्ट्रपति एर्दोगनलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ। ‘उनीहरुले टर्कीबारे थाहा पाउनुपर्छ र बुझ्नुपर्छ। टर्कीलाई बुझ्न नसकेको खण्डमा उनीहरुले तत्काल टर्की छाड्नुपर्छ’, राजदूतहरुलाई आरोप लगाउँदै एर्दोगनले भनेका छन्।

यी दश देशले व्यवसायी तथा नागरिक अगुवा ओसम्यान काभालाको रिहाईका लागि सामूहीक रुपमा अपिल गरेका थिए। काभाला सन् २०१७ देखि जेलमा छन्। उनलाई सन् २०१३ को देशव्यापी विरोध प्रदर्शनमा आर्थिक सहयोग गरेको र २०१६ मा भएको असफल कूमा संलग्न रहेको आरोपमा सन् २०१७ देखि एर्दोगन प्रशासनले जेलमा राखेको छ। तर, काभालाले भने उक्त आरोप अस्विकार गर्दै आएका छन्।

 

सम्बन्धित् समाचार