तालिवान नेतृत्वको अफगानिस्तानमा पोलियोविरुद्धको खोप अभियान सुरु भएको छ। करिब चारदिने सो घरदैलो खोप अभियान देशव्यापीरुपमा सोमबारदेखि सुरु भएको हो । अफगानिस्तानको जन स्वास्थ्य मन्त्रालयले सुरु गरेको सो अभियान पहिलो चरणमा पाच वर्षमुनिका बालबालिकालाई लगाइनेछ।
यसपटकको घरदैलो खोप अभियान कार्यक्रमअन्र्तगत करिब १ करोड बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने लक्ष्य राखिएको बताइएको छ।
सन् २०१८ मा तालिवानले पश्चिमा मुलुकका गुप्तचर भएको आशंका गर्दै संयुक्त राष्ट्रसंघको खोप वितरक टोलीमाथि प्रतिबन्ध लगाएको थियो। सो समयमा लागेको प्रतिबन्धका कारण अफगानिस्तानका करिब ३० लाख ३० हजार भन्दा बढि बालबालिका पोलियो खोपबाट बन्चित भएको बताइएको छ।








