काठमाडौं : राष्ट्र संघीय जलवायु सम्मेलन ९कोप२६० ‘सम्झौता’मा टुंगिएको छ। सम्मेलनका क्रममा गरिब देशरु धनी देशसामु निरीह बनेका छन्। धनी देशहरुको अडानका कारण साना देशहरु आफ्नो प्रस्तावबाट पछि हटेर सम्झौता गर्न बाध्य बनेका छन्।
‘यो महत्त्वपूर्ण कदम हो। तर यति नै पर्याप्त छैन। विश्वव्यापी तापक्रम वृद्धिलाई १।५ डिग्रिमा सीमित पार्न हामीले जलवायु सम्बन्धी कदमहरुलाई तिब्र पार्नुपर्छ,’ सम्लेलन समापनका क्रममा राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले जारी गरेको भिडियो वक्तव्यमा भनेका छन्।
उनले इन्धनमा दिइने अनुदानहरुको अन्त्य, कोइला प्रयोग रोक्ने कार्य, जोखिमपूर्ण समुदायको संरक्षण तथा प्रतिवद्धता व्यक्त गरिएको सय विलियन डलर क्लाइमेट फाइनान्स जुटाउनका लागि आपतकालीन ढंगमा अगाडि बढ्नुपर्ने समय आएकोसमेत बताए।
‘हामीले यो सम्मेलनमा यी लक्ष्य प्राप्त गर्न सकेनौँ। तर हामीले केही प्रगतिका इट्टा थप गरेका छौँ,’ उनले भने।
सम्मेलनका क्रममा १९० देशहरुले धनी राष्ट्रहरुमा २०३० र विपन्न राष्ट्रहरुबाट २०४० भित्र कोइला प्रयोगको अन्त्य गर्ने सहमति गरेका थिए। सो सहमतिमा धनी देशहरु अष्ट्रेलिया, भारत, चीन, अमेरिका लगायतले सहमति जनाएनन्। धनी राष्ट्रहरुको असहमति पछि गरिव देशहरु कोइला प्रयोग ‘अन्त्य’बाट तल झरेर ‘न्युनिकरण’ मा सहमति गर्न बाध्य भएका छन्।










