गृहपृष्ठ खेलकुद न्युजिल्याण्ड फेरि अभागी, अस्ट्रेलियालाई पहिलोपटक टी–२० विश्वकपको उपाधि

न्युजिल्याण्ड फेरि अभागी, अस्ट्रेलियालाई पहिलोपटक टी–२० विश्वकपको उपाधि

प्रकाशित मिति:

अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको छ । लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिम बनेको अस्ट्रेलियाबाट टी–२० विश्वकपको उपाधि भने टाढा रहँदै आएको थियो ।  यसअघि सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो । तर यसपटक भने न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य १८.५ ओभरमा पछ्याउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।


अस्ट्रेलियालाई जीत दिलाउन मिचेल मार्सले नटआउट रहँदै ७७ रनको महत्त्वपूर्ण पारी खेले । मात्र ५० बलको पारीमा उनले ६ चौका र ४ छक्का हिर्काए । कप्तान एरोन फिन्चलाई तेस्रो ओभरमा नै गुमाए पनि मार्सले डेभिड वार्नरसँग मिलेर इनिङ सम्हालेका थिए । बोल्टको बलमा बोल्ड हुन अघि वार्नरले मात्र ३८ बलमा ५३ रन बनाए । ग्लेन म्याक्सवेलले पनि नटआउट रहँदै २८ रनको योगदान दिँदै टोलीलाई जीतसम्म डोर्याए । न्युजिल्याण्डका लागि दुवै विकेट ट्रेन्ट बोल्टले लिएका थिए ।

सम्बन्धित् समाचार