क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अर्जेन्टिनी फरवार्ड लियोनेल मेसीले गोल ५० को अवार्ड जितेका छन्। भोटिङका आधारमा रोनाल्डोलाई थोरै मत अन्तरले पछि पार्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडी मेसीले अवार्ड हात पारेका हुन्।
यो सँगै मेसीले पाँचौ पटक गोल ५० अवार्ड जितेका छन्। रोनाल्डोले पनि यसअघि पाँचौ पटक यो अवार्ड हात पारिसकेका थिए।
महिलातर्फ बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारिन्।








