गृहपृष्ठ Featured क्रिसमस परेडमा कारले किच्दा पाँच जनाको मृत्यु

क्रिसमस परेडमा कारले किच्दा पाँच जनाको मृत्यु

प्रकाशित मिति:

क्रिसमस परेड भइरहेका बेला कारले ठक्कर दिँदा अमेरिकाको विस्कन्सिन राज्यमा पाँच जनाको मृत्यु भएको छ। अन्य ४० जना गम्भीर घाइते भएका छन्।

तीब्र गतिमा गुडेको कारले अन्धाधुन्ध मानिसहरुलाई किचेको थियो। सो क्रिसमस परेडमा बालबालिकासमेत रहेको बताइएको छ। घटनामा बालिकालिकासहित ४० जना घाइते भएको बीबीसीमा समाचार छ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ। क्रिसमस परेड भइरहेको बेला अन्धाधुन्ध कारले ठक्कर दिएको थियो। घटनाबारे त्यहाँका अधिकारीहरुले अमेरिकी राष्ट्रपति जो वाईडेनलाई ब्रिफिङ गरेका छन्।

घटनामा आतंककारीको संलग्नता भएरनभएकोबारे अनुसन्धान भइरहेको छ।

सम्बन्धित् समाचार