गृहपृष्ठ Featured कपिलवस्तुको एक विद्यालयमा साढे ७ लाख बढी भ्रष्टाचार

कपिलवस्तुको एक विद्यालयमा साढे ७ लाख बढी भ्रष्टाचार

कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिका–५ स्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणि त्रिपाठी र लेखापाल र कार्यालय सहायक असर्फी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाई हिनामिना गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।

अनुसन्धानमा उनीहरुले खर्चको आवश्यकता तथा कानूनी प्रावधानलाई नजरअन्दाज गरी विद्यालय कोषको ७ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारले सोही रकमबराबर बिगो र कैद सजाय माग दाबी गरेको छ ।

सम्बन्धित् समाचार