गृहपृष्ठ Featured दुई खेलको टेस्ट सिरिजको दोस्रो खेलमा भारतीय टोली बलियो अवस्थामा

दुई खेलको टेस्ट सिरिजको दोस्रो खेलमा भारतीय टोली बलियो अवस्थामा

प्रकाशित मिति:

भारत र न्युजिल्यान्ड बिच जारी दुई खेलको टेस्ट सिरिजको दोस्रो खेलमा घरेलु टोली बलियो अवस्थामा पुगेको छ। पहिलो इनिङमा भारत ३२५ रनमा अलआउट भएपछि जवाफी इनिङ सुरु गरेको न्युजिल्यान्ड केवल ६२ रनमा अलआउट भयो।

यो किवी टिमको भारतविरुद्ध यो सर्वाधिक कम स्कोर हो। यसअघि २००२ मा न्युजिल्यान्ड भारतविरुद्ध ९४ रन बनाएको थियो। जुन भारतविरुद्ध सर्वाधिक कम स्कोरका रूपमा रहेको थियो।

साथै भारतीय भूमिमा टेस्टमा सर्वाधिक कम स्कोर समेत हो। १९८७ मा इन्डियामा वेस्ट इन्डिजले ७५ रनमा समेटिएको स्कोर सर्वाधिक कम स्कोरको रूपमा रहेको थियो। समग्रमा भने यो छैटौं कम स्कोर हो।

न्युजिल्यान्ड अकल्यान्डमा १९५५ मा इङल्यान्डविरुद्ध केवल २६ रनमा समेटिएको थियो। जुन उसको इतिहासकै कम स्कोर हो।

किवी टिम इङल्यान्डविरुद्ध दुईपटक र अस्ट्रेलियाविरुद्ध दुईपटक र दक्षिण अफ्रिकासँग एकपटक यो ९६२० रनभन्दा कम स्कोरमा समेटिएको थियो।

दुई खेलाडीको दोहोरो स्कोर

भारतविरुद्ध न्युजिल्यान्डका केवल दुई खेलाडीले दोहोरो रनको स्कोर बनाए। दोस्रो दिन नै दोस्रो इनिङ सुरु गरेको भारत भने राम्रो सुरुवात गर्दै विकेट नगुमाई ६९ रनमा अविजित छ। समग्रमा भारतले ३३२ रनको अग्रता बनाएको छ।

न्युजिल्यान्डलाई कमजोर बनाउन रविचन्द्रन आश्विनले ४ विकेट लिए भने मोहमद सिराजले ३ विकेट लिए। त्यस्तै अक्षर पटेलले २ विकेट लिँदा जयन्त यादवको नाममा १ विकेट रह्यो।

न्युजिल्यान्डका केवल २ खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाए। केली जेमिसनले १७ र कप्तान टोम लाथमले १० रन बनाउनुबाहेक अन्य कुनै खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।

त्यसअघि पहिलो इनिङमा भारतले मंयक अग्रवालको १५० रनको सानदार शतकीय इनिङ तथा अक्षर पटेलले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा भारत राम्रो लयमा देखिएको थियो।​

सम्बन्धित् समाचार