काठमाडौं : इंग्ल्यान्डलाई ९ विकेटले हराउँदै घरेलु टोली अष्ट्रेलियाले एसेस सिरिजमा विजयी सुरूवात गरेको छ। ५ खेलको सिरिजको पहिलो खेलमा प्रभावसाशी जित निकाल्ने क्रममा अष्ट्रेलिया चौथो दिन उत्कृष्ट प्रदर्शन गर्न सफल भयो। जितसँगै सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता बनायो।
इंग्ल्याण्डले दिएको २० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिनमा ५.१ ओभरमा एक विकेट गुमाउर पुरा गर्यो। उसका लागि मार्कस ह्यारिस र एलेक्स क्यारीले ९र९ रन बनाए। ह्यारिस अभिजित रहे। इङ्ल्याण्डका लागि ओली रोबिन्सनले एक विकेट लिए।
चौथो दिन इंग्ल्यान्डले अस्ट्रेलियालाई जितका लागि २० रनको लक्ष्य दिएको थियो। दोस्रो इनिङको चौंथो दिन इंग्ल्यान्ड लगालग विकेट पतनको सिकार भयो।
इंग्ल्यान्ड दोस्रो इनिङमा २९७ रनमा अलआउट भयो। इंग्ल्यान्डले तेस्रो दिनको खेलको समाप्तिमा २ विकेट गुमाएर २२० रन बनाउँदै राम्रो सुरुवात गरे पनि चौंथो दिन थप ७७ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो।








