क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गरेको गोल मदतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार नरविचलाई १–० ले हरायो र यससँगै व्यवस्थापकमा राल्फ राङनिक आएयता टिमको अपराजित यात्रा कायम रह्यो ।
रोनाल्डोले ७५ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि म्यानचेस्टर २७ अंकमा पाँचौं स्थानमा उक्लिन सफल रह्यो । शनिबारका अन्य खेलमा शीर्ष स्थानका तीनै टिम विजयी रहे ।
म्यानचेस्टर सिटीले उल्भ्सलाई १–०, लिभरपुलले एस्टन भिल्लालाई १–० र चेल्सीले लिड्स युनाइटेडलाई ३–२ ले हरायो । यस्तै आर्सनलले साउथह्याम्पटनमाथि ३–० को जित रच्यो ।
सिटी ३८ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ । उसको पछाडि एक एक अंकको दूरीमा लिभरपुल दोस्रो र चेल्सी तेस्रो स्थानमा रहेका छन् ।








