गृहपृष्ठ Featured उत्तर कोरियाली नेता किम जोङ उनको एक दशक : प्राथमिकतामा हतियार

उत्तर कोरियाली नेता किम जोङ उनको एक दशक : प्राथमिकतामा हतियार

प्रकाशित मिति:

उत्तर कोरियाली नेता किम जोङ उनले सत्ता सम्हालेको एक दशक पुगेको छ । सन् २०११ मा सत्ता हातमा लिएका उनले उत्तर कोरियाको सत्ता हातमा लिएको दशक पुगेको हो । एक दशकको समयावधि भित्र अर्थात् किमको नेतृत्वमा रहेको उत्तर कोरियालाई विश्लेषकहरुले विश्लेषण गरेका छन् । विश्लेषकहरुको नजरमा किमको शासनकालमा उत्तर कोरियाले हतियारधारी बन्यो र सैन्यशक्ति बढायो ।

तर सोहि अवधिभर उत्तर कोरिया हालसम्मकै सबैभन्दा एक्लिएको मुलुकको रुपमा रह्यो । युवा नेता किमले सम्हालेको उत्तर कोरियामा आर्थिक संकट र भोकमरी छायो । सो अन्तरालमा उत्तर कोरिया सबैभन्दा बढि चीनमाथि निर्भर बन्न पुग्यो । किमले देशभित्रका अधिकांश निकाय र माध्यमहरुलाई आफ्नो नियन्त्रणमा राखे । उत्तर कोरियासँग जोडिएका अन्र्तराष्ट्रिय सम्बन्धहरुमा तिक्तता छायो ।

किमको पहिलो १० वर्षमा आणविक हतियारको मार्गले उनलाई परिभाषित गरियो । तर किमको परमाणु हतियारको मार्गले किम स्वयमले एक्लो र हालसम्मकै चुनौतीपुर्ण समयको सामना गर्नुपरेको विश्लेषकहरु बताउँछन् ।

यदि किमले उत्तर कोरियाको आर्थिक भविष्य उज्ज्वल बनाउन चाहेमा किमले विगतभन्दा कडा निर्णय बनाउनुपर्ने हुन्छ । हैन भने किमले अझै कठिन समयको सामना गर्नुपर्ने विश्लेषकहरुको भनाइ छ ।

सम्बन्धित् समाचार