गृहपृष्ठ Featured सुनको भाउ तोलामा ७०० ले बढ्यो

सुनको भाउ तोलामा ७०० ले बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैंयाले बढेर छापावाल सुन ९३ हजार ३०० पुगेको छ। हिजो ९२ हजार ६०० मा किनबेच भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ८०० कायम भएको छ।

तेजाबी सुन मूल्य हिजो प्रतितोला ९२ हजार १०० थियो। त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाले बढेर एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ।

सम्बन्धित् समाचार