वैखरी अनलाइन
नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमितिको बैठक सम्पन्न भएको छ । चार नम्बर जितपुरमा बसेको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । बैठकले नेपाली कांग्रेस बाणगंगाको कार्यलय चार नम्बर जितपुरमा रहेको ज्योति बिकास बैंकको तल्लो तल्लामा राखेर पार्टीका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको नगरका सचिव गोबिन्द आर्चायले बताए ।
साथै बैठकले पार्टीका बिभिन्न भातृ सगंठन, शुभेच्छुक सस्थाहरु तथा पेशागत , बुद्धिजिवि , शिक्षा स्वास्थ्य तथा बित्तिय सघं सस्थाको समन्वय विभागको संयोजकको जिम्मा उप सभापति रमेश चन्द्र भुसाल, सुचना सञ्चार, प्रचार प्रसार अभिलेख तथा कार्यालय ब्यवस्थापन विभागको संयोजकमा सचिव गोबिन्द आर्चाय,त्यस्तै बैठकले तरुण विभागको संयोजकमा सुरेश केसिलाई जिम्मा दिएको छ । प्राकृतिक स्रोत साधन, कृषी, भुमी बन वातावरण तथा बिपत ब्यवस्थापन विभागको संयोजकमा सचिवमा सुर्य प्रसाद बराल , गैर सरकारी सघं सस्था तथा सामाजिक बिकास समन्वय समिति बिभागको संयोजकमा उपसभापति भगवानदास चौधरी, आर्थिक स्रोत ब्यवस्थापन विभाग संयोजकमा कोषाध्यक्ष लक्ष्मण अधिकारी र मिडिया संयोजकमा पत्रकार अशोक पौडेललाई जिम्मेवारी दिइएको नगर सभापति बिष्णु थापाले बताए ।
बैठकले कोषाध्यक्षमा लक्ष्मण अधिकारी सहित १० जनालाई नगर सदस्यमा मनोनित समेत गरेको छ । मनोनित हुने सदस्यहरुमा मनिराम शर्मा, कविराज ज्ञवाली, रवि सापकोटा, पदम प्रताप सेन, तेज बहादुर पछाई, कमलेश कुमार रौतार, जुद्ध बहादुर सोमै, मित्रलाल कडेल, कपुर नाउ, सुष्मा खाण रहेका छन । साथै बैठकमा बोल्दै नगर सभापति बिष्णु थापाले टोल टोलमा कांग्रेस जागरण अभियान सुरु गर्नुका साथै भावी योजनाका बारेमा आफनो बिचार राखेका थिए ।