गृहपृष्ठ Featured कजाकस्तानको अल्माटीमा २७ सयभन्दा बढी व्यक्ति पक्राउ

कजाकस्तानको अल्माटीमा २७ सयभन्दा बढी व्यक्ति पक्राउ

कजाकस्तानको सुरक्षा सेवाहरूले अल्माटी सहरमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा दुई हजार सात सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ।

दुई हजार ६ सय एकजना हिरासतमा रहेका सहरको कमान्डेन्टको कार्यालयलाई उदृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ। ‘आतंकवादविरोधी अभियानको सुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न दुई हजार सात सय ४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा एक सय ३१ थान हतियार र चार हजार एक सय ७९ राउन्ड गोली पनि बरामद गरिएको छ,’ कार्यालयले विज्ञप्तिमा भनेको छ।

कजाकस्तानमा अशान्ति सुरु भएदेखि यो वर्षको सुरुदेखि हालसम्म झन्डै आठ हजार व्यक्ति पक्राउ परेका छन्। कजाकस्तानका राष्ट्रपतिले आफ्नो सरकार रक्षाका लागि प्रदर्शनकारीमाथि गोली प्रहार गर्न सक्ने अधिकार प्रदान गरेका छन्। -एजेन्सी

सम्बन्धित् समाचार