गृहपृष्ठ Featured स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बाणगंगामा स्वास्थ्य विमा सेवा स्थगित

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बाणगंगामा स्वास्थ्य विमा सेवा स्थगित

प्रकाशित मिति:

वैखरी अनलाईन : बाणगंगा नगरपालिकाले स्वास्थ्य विमा सेवा स्थगित गरेको छ । पिपरा अस्पतालका अधिकांश स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको भन्दै नगरपालिकाले स्वास्थ्य विमा सेवा स्थगित गरेको हो ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि सेवा दिन कठिनाई परेको तथा सवैसाधारणमा समेत कोरोना संक्रमणको जोखिम देखिएकाले यही माघ ६ र ७ गते पिपरा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य विमा कार्यक्रम अन्तर्गतका सम्पूर्ण सेवाहरु स्थगन गरिएको बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले एक सुचना जारी गरि जानकारी दिनुभएको छ ।

सम्बन्धित् समाचार