गृहपृष्ठ Featured उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित

प्रकाशित मिति:

काठमाडौं : उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ। बिहीवार दिउँसो ४ बजेका लागि बोलाइएको समन्वय समितिको बैठक स्थगित भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा समन्वय समितिकी सदस्य दुर्गा पौडेलले जानकारी दिइन।

‘बैठक स्थगित भएको सूचना आएको छ,’उनले भनिन्।

अर्को सूचना नआएसम्मका लागि भन्दै बैठक स्थगित भएको सूचना समन्वय समितिका सदस्यलाई संयोजक तथा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दिएका हुन्। बैठक स्थगति हुनुको कारण बारे भने केही बताइएको छैन।

स्थानीय तथा संघीय निर्वाचनबारे समन्वय समितिको बैठकमा आज छलफल हुन लागेको थियो। यसअघि मंगलवार पनि बैठक बसेको भए पनि निर्णय भने हुन सकेको थिएन।

मंगलवार सबै शीर्ष नेताहरु सहभागी नभएकाले बैठक निर्णय विहीन भएको नेताहरुले बताएका थिए। उक्त बैठकमा निर्वाचन आयोगले तोकेको ुडेडलाइनु मा निर्वाचन गराउने बारेमा छलफल भएको बताइएको थियो।

तर,हाल सत्ता घटक दलका नेताहरुले स्थानीय तहको निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा हुन नसक्ने बताइरहेका छन्।

सम्बन्धित् समाचार