गृहपृष्ठ Featured राष्ट्रिय सभा चुनाव : एमाले र लोसपाले गरे मधेश प्रदेशमा गठबन्धन

राष्ट्रिय सभा चुनाव : एमाले र लोसपाले गरे मधेश प्रदेशमा गठबन्धन

प्रकाशित मिति:

काठमाडौं : नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बिच राष्ट्रिय सभा अन्तर्गत मधेश प्रदेशमा चुनावी तालमेल गर्ने सहमति भएको छ। दुबै दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै सहमति भएको जानकारी गराइएको हो।

सहमति अनुसार अन्य तर्फका एमालेका उम्मेद्वार उसमान अंसारी र महिलातर्फ लोसपाकी रुपा कुमारी यादव मात्रै उम्मेद्वार हुने भएका छन्। एमालेबाट विनादेवी साहले उम्मेद्वारी फिर्ता लिएकी हुन्।

एमाले र लोसपाका उम्मेद्वारले अब सत्ता गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टी ९जसपा०का उम्मेद्वार मोहम्मद सिद्धिकसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

मधेश प्रदेशमा स्थानीय तहमा २६८ र प्रदेश सभामा १०४ मतदाता छन्। प्रदेश र स्थानीय तह दुबै गरेर गठबन्धनमा कांग्रेसको २ हजार ३७०, माओवादी केन्द्रको १ हजार १२२, एकीकृत समाजवादीको ८५८, जसपाको २ हजार ९८८ गरी सात हजार ३०२ मतभार छ।

लोसपाको १ हजार ५६० मतभार छ। एमालेसँग ९४२ मात्र मतभार मधेश प्रदेशमा छ। सो प्रदेशमा स्वतन्त्रबाट २ पालिकाको ३६ मतभार र प्रदेशसभामा नेपाल संघीय समाजवादी पार्टीका १ सांसदको ४८ मतभार छ। राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ।

सम्बन्धित् समाचार