गृहपृष्ठ Featured नागरिक अगुवाहरूले भने- व्यक्ति हत्याको धम्की दिने मन्त्रीलाई तत्काल बर्खास्त गर

नागरिक अगुवाहरूले भने- व्यक्ति हत्याको धम्की दिने मन्त्रीलाई तत्काल बर्खास्त गर

काठमाडौं : नागरिक अगुवाहरूले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेका छन् ।

डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै मन्त्री यादवले व्यक्ति हत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

मन्त्री यादवको अभिव्यक्तिले गौर हत्याकाण्डमा उनको दलको सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भन्दै उनीहरुले भनेका छन्, बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो । हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’

सम्बन्धित् समाचार