गृहपृष्ठ Featured जिल्ला प्रहरी कार्यालय कपिलवस्तु भयो सम्मानित

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु भयो सम्मानित

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सम्मानित गरेको छ । जिल्ला अदालतबाट विभिन्न मितिमा गरिएका फैसला अनुसार भुक्तान हुनुपर्ने कैद, दण्ड र जरिवाना असुलीमा उल्लेखिनीय काम गरेको भन्दै अदालतले प्रहरी कार्यालय कपिलवस्तुलाई सम्मानित गरेको हो ।

कपिलवस्तु प्रहरीले यो आर्थिक वर्षको हाल सम्म जम्मा ५ सय ७७ जना फरार प्रतिवादी पक्राउ, २०१ वर्ष ११ महिना १२ दिन कैद भुक्तान र रु. ३२ लाख ४२ हजार ८३२ रुपैया जरिवाना असुल उपर गरि फैसला कार्यान्वयमा उच्चस्तरको कार्य सम्पादन गरेको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा पौडेलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई स–धन्यवाद सहित प्रशंसापत्र प्रदान गरेका हो ।अदालतका श्रेष्तेदार उप-सचिव सुमन पाण्डेले सम्मानले आगामी दिनमा प्रहरी कार्यालयलाई कार्य सम्पादनमा थप उर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्बन्धित् समाचार