गृहपृष्ठ Featured कपिलवस्तु अस्पतालमा आर्थिक र जनशक्ति अभाव : पिसिआर सेवा बन्द

कपिलवस्तु अस्पतालमा आर्थिक र जनशक्ति अभाव : पिसिआर सेवा बन्द

कपिलवस्तु  : कोरोना भाईरसको तेश्रो भेरिएन्ट तीब्र रुपमा बढीरहेका बेला जनशक्ति र आर्थिक अभावले कपिलवस्तु अस्पतालमा संचालित पिसिआर सेवा बन्द गरिएको छ । कोरोना संक्रमणको दोश्रो भेरिएन्टका बेला संचालन गरिएको पिसिआर जाच सेवा संघीय र प्रदेश सरकारले दिदै आएको अनुदान रोके पछि सो सेवा बन्द भएको हो । सेवा बन्द हुदा सेवाग्राहीहरु मर्कामा परेका छन । उनीहरु बुटवल भैरहवा गएर महंगो सेवा लिन बाध्य छन । अस्पतालको सो सेवा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालय भवनमा संचालन गरिएको थियो । आर्थिक र कर्मचारी अभावले पिसिआर जाच सेवा बन्द भएको अस्पतालका मेडिलक सुप्रीटेन्डेन्ड किशोर बन्जाडले बताए । सरकारले कपिलवस्तु अस्पताललाई प्रदेश सरकारको मातहतमा राख्दै गत बर्ष १५ बेडबाट बिस्तार गरी ५० बेडको अस्पताल बनाएको थियो ।

गत बर्ष संघीय र लुम्बिनी प्रदेश सरकार र बिभिन्न निकायबाट सहयोग आएको थियो । तर चालु आर्थिक बर्षमा लुम्बिनी प्रदेश सरकरबाट २ लाख बाहेक अन्य कुनै अनुदान नआएको बन्जडोले बताए । गत बर्ष प्रदेश र संघीय सरकारको सहयोमगा ३५ बढी करारका कर्मचारीहरु नियुक्त गरिएका थिए । तर संघीय र प्रदेश सरकारले ती कर्मचारीको तलब र अन्य कुनै अनुदान नपठाउदा कर्मचारीहरुले ६ महिना बढी देखि तलब पाएका छैनन । जसले गर्दा धमाधम कर्मचारीहले जागीर छाडन थालेका छन । आसियु सेवा समेत अब बन्द हुने अवस्था आएको बन्जाडेले बताए ।आईसियुकम रहेको २ वटा डाक्टरले तलब नपउदा छाडेर गई सकेका छन । यस्तै अस्पतालमा रहेको ५ जना स्टाफ नर्सले पनि छाडेर गएका छन । गत बर्ष ३५ बढी करारमा राखिएका कर्मचारीहरुले मध्ये १५ जनाले तलब नपाउदा सेवा छाडेर गएका छन । यस्तै अस्पतालमा संचालित आँखाको सेवा समेत जन शक्ति नहुदाँ बन्द भएको छ ।

अस्पतालमा रहेको करारका कर्मचारीहरुले लामो समय देखि तलब नपाउदा अस्पताल संचालन गर्न पनि गाह्रो परेको छ । प्रभावकारी सेवा र सेवा बिस्तार गदैै जनतको बिश्वास र मन जितदै गएको कपिलवस्तु अस्पतालमा पिसिरआर र अन्य सेवा धमाधम बन्द हुन थाले पछि कपिलवस्तु निराश बनेका छन । पिसिआर र अन्य सेवा संचालनकालागि प्रदेश र संघीय सरकारले ठोस सहयोग गर्नु पर्ने उनीहरुले माग गरेका छन् ।

सम्बन्धित् समाचार