गृहपृष्ठ Featured प्युठानमा भिरबाट लडेर एक जनाको मृत्यु

प्युठानमा भिरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिति:

दाङ : प्युठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माण्डवी गाउँपालिका १ धुरुङ बस्ने अन्दाजी २५ वर्षीय बसन्त विक रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

दाङको घोराहीदेखि प्युठानमा गाडिबाट ओर्लिएका विकको घर तर्फ पैदल जादै गर्दा शनिवार साँझ करिव ८ बजे भिरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार