गृहपृष्ठ Featured घोराही कारागारका फरार नाइके यमराज परियार भारतमा पक्राउ

घोराही कारागारका फरार नाइके यमराज परियार भारतमा पक्राउ

प्रकाशित मिति:

दाङ : घोराही कारागारका फरार नाइके यमराज परियार भारतमा पक्राउ परेका छन्। भारतबाट आजै उनलाई घोराही ल्याइनेछ। उनलाई पक्राउ गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए।

परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए। जिल्ला प्रहरी कार्यालयले सोमबार बेलुका पत्रकार सम्मेलन आयोजना गरेको छ।

तर एसपी सुरेश काफ्लेले चार बजेपछि मात्रै घटनाबारे बताउन मिल्ने बताएका छन्। सिआइबीको टोली पनि परियारको खोजीमा लागेको थियो। उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डिएसपी मुकुन्दप्रसाद रिजाल भारत पुगेका थिए।

गएराति रिजालले आफ्नो फेसबुकमा त्यसको संकेत गरेका थिए। उनले ‘मिसन एनकाई ओभर’ लेखेका थिए।

कर्तव्य ज्यान मुद्दामा साढे ७ बर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो।

सम्बन्धित् समाचार