गृहपृष्ठ Featured अर्घाखाँची जाने भनेर किशोरीलाई फकाएर भारत लैजान खोज्ने युवक पक्राउ

अर्घाखाँची जाने भनेर किशोरीलाई फकाएर भारत लैजान खोज्ने युवक पक्राउ

प्रकाशित मिति:

पर्सा : अर्घाखाँची जाने भनेर १५ वर्षीया किशोरीलाई फकाएर भारत लैजान खोज्ने एक युवक वीरगन्जस्थित नेपाल(भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला स्थाई घर भई भारतको आसाम घर बताउने २८ वर्षीय राजु अधिकारी छन् ।

उनलाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेका माइती नेपालका सीमा पहरेदारहरूले सोमबार साँझ ४ बजेर ४५ मिनेटमा शंका लागेर केरकार गरेपछि ती युवक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बैतडीको लिस्टी नगरपालिका–२ की १५ वर्षीया बालिका राधा ९नाम परिवर्तन० लाई अधिकारीले फकाएर वीरगन्जसम्म ल्याएका थिए । माघ ७ गते घरबाट कपी किनेर आउँछु भनेर निस्केकी राधा त्यसपछि घर फर्किएकी थिइनन् ।

माइती नेपाल आवधिक गृह वीरगन्जकी प्रमुख संगीता पुरीका अनुसार लामो समयदेखि मोबाइलबाट राधाको सम्पर्कमा रहेका राजुले आफ्नो घर अर्घाखाँची रहेको तथा नारायणघाटमा कपडाको पसल रहेको बताउँदै फोनबाटै प्रेमजालमा पार्ने प्रयास गरेका थिए ।

त्यसपछि किशोरी राधा राजुको उच्काहटमा परी घरबाट भागेर बैतडीको छतबाज चौराहा बजारसम्म आइपुगेकी थिइन् । सुरुमा आफ्नो घरमा बस्ने र पछि उमेर भएपछि विवाहसमेत गर्ने प्रलोभन राजुले राधालाई दिएका थिए ।

सम्बन्धित् समाचार