सन् २०२१ मा पहिलोपटक चीनबाट भारतको आयात झन्डै सय अर्ब डलर पुगेको छ । जसमा विद्युतीय सामानहरू, विशेषगरी स्मार्टफोनहरू, मेसिनरी, मल र विशेष रसायन, औषधिजन्य सामग्रीलगायत रहेका छन् । द प्रिन्टमा प्रकाशित पछिल्लो तथ्यांकअनुसार गत वर्ष भारत र चीनबीच एक खर्ब २५ अर्ब अमेरिकी डलरबराबरको द्विपक्षीय व्यापार भएको छ भने भारतले चीनबाट ९७ अर्ब ५२ करोड अमेरिकी डलरबराबरका सामान आयात गरेको छ ।
भारतले आयात गरेका सामानमध्ये सबैभन्दा धेरै स्मार्टफोन र इलेक्ट्रोनिक सामान, दूरसञ्चार उपकरण, अटो कम्पोनेन्ट र मेसिन औजारहरूसहित औद्योगिक वस्तुहरू र रसायन, पेट्रोलियम ९कच्चा० र पेट्रोलियम पदार्थ, मोती, बहुमूल्य पत्थरलगायत छन् । सन् २०२१ को पहिलो आठ महिनामा चीनबाट प्रमुख आयात वस्तुहरूको सन्दर्भमा, पेट्रोलियम ९कच्चा० र पेट्रोलियम पदार्थ, मोती, बहुमूल्य र अर्ध बहुमूल्य पत्थर, कोइला, कोक र ब्रिकेट्स रहेको भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले गरेको विदेशी व्यापार कार्यसम्पादन विश्लेषणमा उल्लेख छ । यी वस्तुहरूले यस अवधिमा चीनबाट भएको कुल आयातको करिब ६० अर्ब डलरबराबरको हिस्सा ओगटेका छन्।
‘चीनसँग भारतको समग्र सम्बन्ध अमेरिका–चीन सम्बन्धको प्रतिबिम्ब जस्तो देखिन्छ, जसमा आर्थिक र राजनीतिक सम्बन्धको आफ्नै विशिष्ट गतिशीलता छ,’ सेन्टर फर इकोनोमिक स्टडिज एन्ड प्लानिङ, स्कुल अफ सोसल साइन्सेस व्यापार अर्थशास्त्री एवं प्रोफेसर विश्वजित धरले भनेका छन् । चीनसँगको राजनीतिक सम्बन्ध बिग्रँदै गए पनि अमेरिकाले ‘विश्वको कारखाना’ चीनमाथिको आफ्नो निर्भरता घटाउन सकेको छैन । भारत सरकारको प्रयासका बाबजुद पनि चीनको अर्थतन्त्रबाट भारत अलग हुन सकेको छैन । भारतको चीन–निर्भरता सिन्ड्रोम अझ बढ्न सक्ने अर्थशास्त्री धरले बताए ।
ग्लोबल टाइम्सको एक रिपोर्टमा पनि भनिएको छ, ‘सन् २०२१ मा द्विपक्षीय तनाबबीच चीन–भारत व्यापारमा वृद्धि भएको छ ।’ वरिष्ठ अर्थशास्त्री अजित रानाडेले चीनबाट एपिआई आयातमा भारतको निर्भरता हटाउन लामो समय लाग्ने बताएका छन् । भारतीय निर्यात संगठन महासंघ ९एफआइइओ० का निर्देशक तथा सिइओ अजय सहायले चीनबाट आयात बढ्नुको प्रमुख कारण घरेलु उद्योग तथा विद्युतीय वस्तु तथा मेसिनरीको ठूलो माग भएको टिप्पणी गरेका छन् ।
गत वर्ष चीनतर्फको भारतको निर्यात निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ । २०२१ मा चीनमा भारतीय निर्यात २४ अर्ब डलर पुगेको छ, जुन २०२० मा १९ अर्ब डलर र २०१९ मा १७।१ अर्ब डलर थियो। ‘सन् २०२१ मा, हामीले चीनको कृषि बजारमा केही बजार पहुँच पायौं। हामी अहिले गैर–बासमती चामल, विदेशी तरकारी, भटमास र फलफूल निर्यात गरिरहेका छौँ,’ सहायले भनेका छन् ।
विश्वका पचासभन्दा बढी देशले चीनमा निर्यात गरेका छन्। भारतीय निर्यातकर्ताले चिनियाँ बजारमा निर्यात थप्न सक्ने आधार रहेको अर्थशास्त्रीहरूको भनाइ छ । २०२१ मा चीनसँग भारतको व्यापार घाटा अघिल्लो वर्षको भन्दा घटेको छ । सन् २०२० मा घाटा ६१ अर्ब डलर थियो भने २०२१ मा ३९ अर्ब डलर छ ।