गृहपृष्ठ Featured भैरहवामा गौतम बुद्ध बिमानस्थलको निर्माण कार्य सकियो

भैरहवामा गौतम बुद्ध बिमानस्थलको निर्माण कार्य सकियो

प्रकाशित मिति:

बुटवल : भैरहवामा गौतम बुद्ध बिमानस्थलको निर्माण कार्य सकिएको छ । गौतम बुद्ध बिमानस्थल निर्माण परियोजनाका अनुसार बिमानस्थलमा आईसीबी–१ र आईसीबी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएको छ ।

यस सँगै अब क्यालिब्रेशन फ्लाईटको मिति पनि नजिकिँदै गएको छ । क्यालिब्रेशन फ्लाईटकै तयारी र बिभिन्न तालिमको लागि अष्ट्रियाको प्राविधिक भैरहवामा रहेका छन् ।

यस अतिरिक्त क्यालिब्रेशन फ्लाईटकै तयारीका लागी एरोथाई बाट ४ जना थाई प्राविधिकहरु आज सडकको प्रयोग गरि भैरहवा आईरहेको बिमानस्थलले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार