गृहपृष्ठ Featured मन्त्री रेणु यादवलाई राज्यविरुद्धको कसूरमा कारवाही गर्न माग गर्दै उजुरी

मन्त्री रेणु यादवलाई राज्यविरुद्धको कसूरमा कारवाही गर्न माग गर्दै उजुरी

प्रकाशित मिति:

व्यक्ति हत्याको धम्की दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी परेको छ। संविधानसभा सदस्य रञ्जित कर्णले गौरस्थित जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत उजुरी पठाएका हुन्।

मन्त्री यादवले माघ ५ गते गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ९सिके राउत०को नाम लिएर राउतलाई गौर हत्याकाण्डमा जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएकी थिइन्। सोही विषयलार्य लिएर कर्णले प्रहरीमा जाहेरी दिएका हुन्।

उजुरीमा बहालवाला मन्त्रीको अभिव्यक्तिका कारण पछिल्लो समय हिंसात्मक गतिविधि बढेको उल्लेख गरिएको छ। मन्त्री रेणु यादवविरुद्ध राज्यविरुद्धको कसूरमा कारवाही गर्न माग गरिएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को उपदफा ४ बमोजिम पाँच वर्षसम्म कैद सजाय र पचास हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।

उजुरीमा यादवको अभिव्यक्तिका कारण राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुगेको तथा वर्गीय, जातीय तथा साम्प्रदायीकताका आधारमा घृणा तथा द्वेष फैलाउन दुरुत्साहित गरेका आरोप लगाईएको छ। कर्णले बिहीबार नै सोहि विषयलाई लिएर सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका छन्।

 

सम्बन्धित् समाचार