गृहपृष्ठ Featured मुख्‍यमन्त्री केसीले भने- ‘केन्द्रकै निर्णयअनुसार प्रदेशको गठबन्धन अघि बढ्छ’

मुख्‍यमन्त्री केसीले भने- ‘केन्द्रकै निर्णयअनुसार प्रदेशको गठबन्धन अघि बढ्छ’

रोल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका छन्।

सञ्चारकर्मीहरुसँग आज यहाँ कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारे।

गलतधारविरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो।

नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिए। राष्ट्रियसभा निर्वाचनका लागि दाङ हुँदै गृहजिल्ला रोल्पा आएका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका–७ दारबोटमा निर्मित प्रहरी चौकी भवनको समेत उद्घाटन गरे। -रासस

सम्बन्धित् समाचार