गृहपृष्ठ Featured स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न एमाले जनवर्गिय संगठनकोे माग

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न एमाले जनवर्गिय संगठनकोे माग

प्रकाशित मिति:

कपिलवस्तु : स्थानीय तहको निर्वाचन मिति घोषणाको माग गर्दै एमाले निकट जनवर्गीय संगठनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेस गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत संगठनले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पेस गरेको हो । एमाले नेतृ तथा संविधान सभा सदस्य शान्ति देवी हरिजनले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई ज्ञापन पत्र पेस गर्नु भएको थियो । ज्ञापन पत्रमा संविधानको धारा २१५ र २१६ ले नगर÷गाउँ पालिकाको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

अहिलेको सरकारले निर्वाचनको टार्न जनतामा भ्रम छर्ने काम गरेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताए । सरकारले कृषकलाई समयमा मल तथा विउ विजन उपलव्ध गराउन नसक्नु सरकारको कमजोरी ठहर गर्दै, महिला तथा बालबालिकामा माथी हुने यौन जन्य हिन्सा तथा दुव्र्यवहार जस्ता जघन्य अपराधका पिडकलाई तत्काल कारवाही गर्न माग गरिएको अखिल नेपाल महिला संघका कपिलवस्तु जिल्ला संयोजक शारदा शर्माले बताईन् । एमाले जनवर्गिय संगठनले ७७ जिल्लामा आज स्थानीय निर्वाचन घोषणाको दवाव दिने गरी कार्यक्रमको आयोजना गरिएको एमाले सचिव चन्द्र बहादुर गहतराजले बताउनु भयो ।

१२ बुँदे माग सहितको ज्ञापन पत्र नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय सचिवालय सदस्य मेराज खान अखिल नेपाल महिला संघ जिल्ला संयोजक शारदा शर्मा, अनेरास्ववियु जिल्ला सह–संयोजक अन्जित खनाल, नेपाल उत्पिडित जातिय मुक्ती समाज जिल्ला अध्यक्ष टिकाराम सुनार, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश सदस्य कर्ण बहादुर लामा, प्रेस चौतारी जिल्ला अध्यक्ष जानु पाण्डेको सहभागित रहेको थियो ।

सम्बन्धित् समाचार