युक्रेन सम्बन्धमा रुस र अमेरिकाबीच चर्काचर्की भएको छ । युक्रेनबारे अमेरिकाले बोलाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा दुई देशका दूतबीच चर्काचर्की भएको हो । युक्रेनको सीमासँग जोडिएको आफ्नो क्षेत्रमा रुसले सेना परिचालन गरेको छ ।
सोहि सम्बन्धमा छलफल गर्न अमेरिकाले सुरक्षा परिषद्मा बैठक बोलाएको थियो । सो बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप र चर्काचकी भएको अन्तराष्ट्रिय मिडियामा खबर छ ।
अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रुसले गरेको सैन्य परिचालन युरोपमा दशकौं यताकै ठूलो सैन्य परिचालन भएको बताइएकी छन् ।
यता उनका रुसी समकक्षीले भने अमेरिकाले अनावश्यक उन्माद फैलाएको र रुसी मामिलामा हस्तक्षेप गर्न खोजेको बताएका छन् । यदि रुसले युक्रेनमाथि आक्रमण गरेमा अमेरिका र बेलायतले रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
पछिल्लो समय युक्रेनका कारण पश्चिमा मुलुकहरुबीच तनाव छाइरहेको छ ।