गृहपृष्ठ Featured भारतमा एकैदिन कोरोनाबाट ११ सय ९२ जनाले ज्यान गुमाए

भारतमा एकैदिन कोरोनाबाट ११ सय ९२ जनाले ज्यान गुमाए

प्रकाशित मिति:

भारतमा कोरोना संक्रमण दर घट्दै गएपनि मृत्यु हुनेको संख्या भने दिनप्रतिदिन बढिरहेको छ। मंगलबार मात्रै कोरोनाबाट ११ सय ९२ जनाको मृत्यु भएको छ। सोमबार कोरोनाबाट ९५९ जनाले ज्यान गुमाएका थिए। यस्तै, आइतबार ८९३ जना र शनिबार ८७१ जनाको मृत्यु भएको थियो।

यस्तै ,पछिल्लो २४ घन्टामा २ लाखभन्दा कम मानिसमा संक्रमण देखिएको छ। आज १ लाख ६७ हजार जनामा संक्रमण देखिएको हो। सोमबारको तुलनामा २०.४ प्रतिशत कम हो। सोमबार १ लाख ६७ हजार ५९ जनामा संक्रमण देखिएको थियो।

केरलमा कोरोनाबाट सबैभन्दा बढी ७२९ जनाले ज्यान गुमाएका छन्। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण घटेसँगै नेपालमा पनि संक्रमण दर घटेको छ। तर, भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छैन। नेपालमा दैनिक औशतमा १३ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार कोरोनाबाट ८ जनाले ज्यान गुमाएका थिए।

सम्बन्धित् समाचार