गृहपृष्ठ Featured महाप्रबन्धकका लागि क्यानले खुलायो विज्ञापन

महाप्रबन्धकका लागि क्यानले खुलायो विज्ञापन

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक (जनरल म्यानेजर) पदका लागि विज्ञापन गरेको छ । यसअघिका महाप्रबन्धक रौनकबहादुर मल्लको म्याद नथपिएपछि क्यानले नयाँ महाप्रबन्धक नियुक्तिका लागि विज्ञापन खुला गरेको हो ।

भैरहवामा माघ १३ मा भएको क्यान बोर्ड बैठकले रौनक मल्लको म्याद नथप्ने निर्णय गरेपछि जनरल म्याजेजर पद खाली छ ।

क्यानले यही फेब्रुअरी १५ सम्म आवेदन दिने मिति तोकेको छ । आवेदन दिनका लागि कम्तीमा स्नातकोतर गरेको ३ वर्षको अनुभव भएको हुनुपर्ने क्यानले जनाएको छ ।

सम्बन्धित् समाचार