गृहपृष्ठ Featured भारतमा एकैदिन कोरोना संक्रमणबाट १७ सयको मृत्यु

भारतमा एकैदिन कोरोना संक्रमणबाट १७ सयको मृत्यु

प्रकाशित मिति:

काठमाडौं: छिमेकी मुलुक भारतमा कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या निरन्तर घटिरहेको छ । तर संक्रणमबाट ज्यान गुमाउनेको संख्खा भने बढिरहेको देखिन्छ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १७ सय ३३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। जुन मंगलबारको भन्दा ५४१ ले बढी हो।

योसँगै त्यहाँ हालसम्म कुल ४ लाख ९७ हजार ९७५ जनाले कोभिड-१९ कारण ज्यान गुमाएका छन्। तर मृतकको संख्या बढेता पनि दैनिक संक्रमितको संख्या भने घटिरहेको छ ।

लगातार तेस्रो दिन दैनिक संक्रमितको संख्या घटेको भारतीय समाचार माध्यमले जनाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ३८६ जना नयाँ संक्रमित थपिएका छन् ।

हाल भारतमा १६ लाख २१ हजार ६०३ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार १०९ जना निको भएसँग हालसम्म कोभिड संक्रमणमुक्त हुनेको कुल संख्या ३ करोड ९५ लाख ११ हजार ३०७ पुगेको छ ।

सम्बन्धित् समाचार