गृहपृष्ठ Featured कम्युनिष्टहरुले एमसीसीको बारेमा भ्रम सिर्जना गरे ः प्रतिनिधि सभा सदस्य मुसलमान

कम्युनिष्टहरुले एमसीसीको बारेमा भ्रम सिर्जना गरे ः प्रतिनिधि सभा सदस्य मुसलमान

प्रकाशित मिति:

वैखरी अनलाईन

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलमानले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सरकारले यही जेठ ४ गते स्थानीय तहको निर्वाचन गराउने तयारी गरेको भन्दै उहाँले नेता कार्यकर्ताहरुलाई तयारीमा लाग्न निर्देशन दिनुभयो । नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिले आयोजना गरेको बधाई, शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले पार्टीको १४औं महाधिवेशनमा देखिएको आन्तरिक प्रतिस्पर्धालाई भूलेर अब पार्टीलाई एकतावद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । राजनितिमा ईमान्दारिता र नैतिकताको ठूलो महत्व रहेने बताउँदै उहाँले पार्टीभित्र सबैले अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो ।

कम्युनिष्टहरुले एमसीसीको बारेमा गाउँघरमा जनता समक्ष भ्रम सिर्जना गरेको उहाँको आरोप छ । ‘कम्युनिष्टहरुले एमसीसीको बारेमा गाउँघरमा जनता सामु भ्रम सिर्जना गरेका छन्, यसले कांग्रेसलाई चुनावमा केही भोट कम आउन सक्छ ।’ उनले भने ।

सम्बन्धित् समाचार