गृहपृष्ठ Featured ७० प्रतिशतलाई पूर्ण मात्रा खोप लगाएकोमा अमेरिकाले दियो बधाई

७० प्रतिशतलाई पूर्ण मात्रा खोप लगाएकोमा अमेरिकाले दियो बधाई

प्रकाशित मिति:

काठमाडौं : नेपालले ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा अमेरिकाले बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालको वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको हो।

अमेरिका महामारीको शुरुवातदेखि नै नेपालको कोभिड १९ प्रतिकार्यको निरन्तर सहयोगी रहेको बताउँदै अहिलसम्म २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सिन सहयोग उपलव्ध गराएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले नेपाललाई २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सिन समेत झन्डै १२० मिलियन डलरभन्दा बढीको आर्थिक, सामग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको छ। नेपालीहरू भाइरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा हामी हर्षित छौं।’

यसअघि विश्व स्वास्थ्य संगठनले पनि ७० प्रतिशत वयस्कहरूले कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको थियो।

सम्बन्धित् समाचार