कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न बहाना बनाई ठगी गर्दै हिँडेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा प्युठान जिल्ला तोरवाङ गाउँपालिका ६ घर भई हाल झिमरुक गाउँपालिका बस्ने ईश्वरी प्रसाद पोख्रेललाई पक्राउ गरेको हो । बाग्मती प्रदेश ०१–०२६ च ४००१ नम्बरको कार चेक जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दान वहादुर कार्की बताउनु भयो । पक्राउ परेका पोखे्रल आजीवन ठग भएको प्रहरीले दाबीे छ ।
प्रहरीका अनुसार उनले २०६९ पुस १६ गते माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) भन्दै साइन रेसुङ्गा बैंक केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई ७ लाख रुपैयाँ ठगी गरेका थिए । २०५७ साल देखी पोखे्रलमाथि ठगी गरेका दर्जनौ आरोप लागेका छन् ।
उनी माथि४ वटा मुद्धा दर्ता समेत भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो । प्रहरीका अनुसार ०६४–०६५ सालमा पौडेलले दाङ राप्ती गाउँ पालिका २ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने नाममा १ करोड बढी रकम उठाएर फरार भएका थिए ।
यसै गरी कैलालीको धनगढीमा समेत मेडिकल कलेज खोल्ने नाममा स्थानीय व्यवसायी र सर्वसाधारणसँग लाखौँ रकम उठाएर फरार भएको जनाएको छ । यसै गरी विभिन्न व्यवसायी र उद्योगबाट सामान खरिद गरी नक्कली चेक काटेर १ करोड ७४ लाख बढीको माल समान किनेर फरार भएको आरोप समेत रहेको छ । निज पोख्रेलले अन्य स्थानमा समेत ठगेको हुन सक्ने भन्दै पीडितहरुलाई प्रहरीको सम्पर्कमा आउन आग्रह समेत गरेको छ ।








