गृहपृष्ठ Featured बर्दियामा १२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

बर्दियामा १२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

प्रकाशित मिति:

दाङ : बर्दियामा १२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका ४ बस्ने २९ वर्षीय बीर बहादुर रोका हुन् ।

रोकाले यहि माघ २४ गते सोमबार बालिकाको घरमा कोहि नभएको समयमा डरत्रास देखाई करणी गरेको बर्दिया प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

रोकाले करणी गरेको भनेर २६ गते सूचना पाएको प्रहरीले उनलाई सोही दिननै पक्राउ गरेको हो । उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सूचना अधिकारी शाहीले बताउनुभयो ।

सम्बन्धित् समाचार