कपिलवस्तु : संघियतापछिको छैठौँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कपिलवस्तुको बाणगंगा नगरपालिकामा सरुवा भई आउनु भएका टेकराज पन्थीले नगर विकासमा सक्रियता देखाउनु भएको छ । केही दिन अघि प्रमुख राजनैतिक दलका नेताहरुसंग नगरविकासबारे छलफल गर्नु भएका पन्थीले शुक्रबार जिल्ला र नगरका पत्रकार (रेडियो, टिभी, छापा, अनलाइन)संग अन्र्तक्रिया गरी सक्रियता बढाउनु भएको हो । नगर प्रमुख मंगलप्रसाद थारुको अध्यक्षतामा भएको छलफलमा नगरबाट प्रदान हुने सेवा प्रबाह, राम्रा र सुधार गर्नु पर्ने कुराहरु, मिडियाहाउसका संचालकसंगको समन्वय र सम्बन्ध विकास लगायतका बारेमा पन्थीले राय लिनु भएको छ ।
पत्रकारहरुको तर्फबाट लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, निवर्तमान अध्यक्ष डिलाराम भुसाल, पूर्वअध्यक्ष भेषराज पाण्डे, समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष विकास बञ्जाडे, पार्वती पाण्डे लगायतले जिल्ला र बाणगंगा नगरपालिकाका मिडियाको अवस्था, विकास, पत्रकारसंग नगरले अहिलेसम्म गरेको समन्वय, समस्या, आगामी योजना, नगरमा चाँडोचाँडो हाकिम सरुवाको कारण ? नगरको राजस्व वृद्धिबारे जानकारी गराउनु भएको थियो । पत्रकारका कुरा सुनिसकेपछि कार्यकारी प्रमुख पन्थीले छलफलमा उठेका जायज विषयहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो । मिडियासंगको समन्वयविना नगरको सवृद्धि र विकास नहुने भन्दै पन्थीले आगामी दिनमा मिडियाकर्मीहरुलाई नगरसंगसंगै लिएर जाने बताउनु भयो ।
न्गरमा हाकिम सरुवाको सन्दर्भमा पन्थीले यहाँको खोलानालाको ठेक्का पट्टा नै हाकिम सरुवाको कारण रहेको बताउनु भयो । अब आफूले नगरलाई केही नतिजा दिने गरी अघि ब ढ्ने बताउनु भयो । नगरलाई खबरदारी गर्नुहोस् तर पित पत्रकारिता नगर्न पन्थीको पत्रकारलाई सुझाव छ । भ्रामक र चर्चा पाउनेभन्दा पनि नगरको विकास नगरबासीको हित हुने खालका विषयमा समाचार लेख्न उहाँको आग्रह छ । नगरप्रमुख मंगलप्रसाद थारुले नगरविकासमा कार्य कारी पन्थीले देखाउनु भएको सक्रियताको प्रसंसा गर्दै आफू पनि पत्रकारले राखेका सबालमा सकारात्मक रहेको बताउनु भयो ।
आफ्नो कार्यकाल अनुभवमै वित्न लागेको भन्दै उहाँले पत्रकारहरुसंग समयसमयमा छलफल र अन्तरक्रिया गरिरहनु पर्ने बताउनु भयो । नगरका प्रशासकिय अधिकृत केशवराज भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव बाबुराम भट्टराई, शिक्षा अधिकृत खिम बहादुर जिसी र करिब २ दर्जन पत्रकारको सहभागिता थियो । नगरले अब जिल्लाका सम्पुर्ण पत्रकारसंग छलफल गर्ने बताइएको छ ।