गृहपृष्ठ Featured एमसीसीमा सहमति जुटाउने देउवाको कसरत, प्रचण्ड र नेपालसँग छलफल

एमसीसीमा सहमति जुटाउने देउवाको कसरत, प्रचण्ड र नेपालसँग छलफल

काठमाडौं : एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन्। शनिबार बालुवाटारमा भएको छलफलमा गठबन्धन दलबीच संसदमा एमसीसी टेबल गर्ने विषयमा कुराकानी भएको छ।

बालुवाटारमा तीन शीर्ष नेताबीच जारी छलफलमा गठबन्धन कायम राखेर कसरी एमसीसी पारित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको स्रोतले बताएको छ।

प्रधानमन्त्री देउवा संसदमा तत्काल एमसीसी टेबल गर्ने पक्षमा छन् भने अध्यक्षद्वय दाहाल र नेपाल यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै निर्वाचन पछाडि धकेल्ने प्रयासमा छन्।

सम्बन्धित् समाचार