गृहपृष्ठ Featured एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसद्ले महाअभियोग प्रस्ताव दर्ता गरेकोमा बैठक बस्न लागेको हो ।

बैठक ५ बजेका तय भएको बैठकमा समसामयिक विषयमा छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले बताए ।

स्थानीय तहको चुनावको सम्बन्धि प्रशिक्षण सुरु गरेपछि एमालेका धेरै सांसद राजधानी बाहिर छन् । गम्भीर विषयमा आएकाले यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको एमाले स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए । एमालेले आइतबार बेलुकासम्म सबै स‌ा‌ंसदहरुलाई काठमाडौं फर्किन निर्देशन दिएको छ ।

सम्बन्धित् समाचार