गृहपृष्ठ Featured ए डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

ए डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

प्रकाशित मिति:

काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा न्युरोड टिम ९एनआरटी० र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् ।

यस बराबरी खेलसँगै एनआरटी १० खेलबाट १४ अंक जोडेर सातौं स्थानमा रहेको छ भने समान खेल खेलको हिमालयन शेर्पा १२ अंकका साथ अंक तालिकाको आठौं स्थानमा यथावत् छ । -रासस

सम्बन्धित् समाचार