काठमाडौं : उच्च अदालत पाटनले बतास समूहले पशुपति क्षेत्रमा सञ्चालन गरेको होटल आनन्दको सञ्चालनमा कुनै रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेपछि होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो।
उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो।








