नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बोलाएको छ । बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाएको कांग्रेसले जनाएको छ । सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएपछि गठबन्धन साझेदार दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
बैठकमा संसद्को गतिरोध अन्त्य, प्रधानन्याधीशविरुद्ध महाभियोग प्रकरण, एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।