काठमाडौं : सरकारले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ संसदमा पेश गरेको छ । प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारका तर्फ कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेश गरेका हुन् ।
आजको बैठको कार्यसूचीमा एमसीसी राखिएको थिएन ।