बुटवल: लुम्बिनी प्रदेशमा पहिलो पटक सवारी लाईसेन्सका लागि अत्याधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएको छ । बुटवल १३ मा २ विघा जग्गा ब्यवस्थापन गरी ट्रायल सेन्टरमा सञ्चालमा आएको हो । एकै पटकमा १ हजार भन्दा बढीले ट्रायल दिन सक्ने क्षमता सहितको ट्रायल सेन्टर लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको छ ।
एकै दिन करिब ८ सय मोटरसाईकल तथा चार पांग्रे २०० सवारी साधनको लाईसेन्सका लागि ट्रायल लिन सकिने क्षमता रहेको यातायात तथा सवारी चालक अनुमति पत्र रुपन्देहीका कार्यालय प्रमुख तेजनारायण यादबले जानकारी दिए ।
प्रदेश सरकारले ट्रायल सेन्टर यातायात तथा सवारी चालक अनुमति पत्र कार्यालयलाई हस्तानान्तरण गरेको बताउँदै उनले कार्यालय पनि ट्रायल सेन्टरको कम्पाउण्डैमै रहेकाले नेपाल कै नमुना भएको बताए ।








