रुपन्देही : रूपन्देहीको मुर्गियाबाट बिहीबार अपहरित दुई बालबालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरणकारीलाई पनि प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । प्रहरी प्रवक्ता नवराज पौडेलका अनुसार उनीहरूलाई शुक्रबार बिहान झापाको काँकरभिट्टाबाट उद्धार गरिएको हो । बालबालिकालाई कांकरभिट्टाबाट उद्धार गरेपछि आफन्तहरूको सम्पर्कमा पु¥याइएको छ । उनीहरूलाई परिवारको जिम्मा लगाउन प्रयास भएको बताइएको छ ।
आरोपितहरूले के प्रयोजनले अपहरण गरेका थिए भन्नेबारे यकिन भइसकेको छैन । यद्यपि घटनाबारे थप अनुसन्धान गरिने बताइएको छ ।








