गृहपृष्ठ Featured कपिलवस्तुमा इँटाभट्टामा रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा इँटाभट्टामा रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा पोखरीमा डुबेर दुई बर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको महाराजगंज नगरपालिका ११ स्थित एन.आर.एस. इँटाभट्टामा काम गर्ने कैलाली टिकापुर नगरपालिका २ घर भएका शंकर चौधरीका २ बर्षीय छोरा सुहिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बुद्धभुमि नगरपालिका ७ स्थित इँटा उद्योगको कम्पाण्डभित्र रहेको पोखरीमा बालकको शव मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

गत आइतबारदेखि हराएका सुहिरको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो ।

सम्बन्धित् समाचार