अर्घाखाँची : नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले बर्तमान सरकार असफल भएको बताउनुभयो । राष्ट्र, विकासमा भन्दा पनि आफ्नो स्वार्थ कसरी पूरा गर्न सकिन्छ भन्ने चिन्ता रहेको बताउनुभयो । नेकपा एमाले पाणिनी-२ पोखराथोकको वडा कमिटीको आयोजनामा आज घोलीडाँडामा पार्टि प्रबेस कार्यक्रम बोल्दै उहाले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले प्रदेश सचिवालय सदस्य रामजि प्रसाद घिमिरेले पोखराथोक नेकपा एमालेको लालकिल्ला भएको बताउनुभयो । अर्घाखाँचीमा एमाले सग ५ दलिय गठबन्धन भएपनि एमाले एक्लैले बहुमत ल्याउने बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस पार्टि परित्याग गरि बिष्णु रायमाझी, भक्त ब। रायमाझी, लाल ब। रायमाझी, कासिनाथ कार्कि, सुमित्रा बगाले र निर्मला घर्तिको नेतृत्वमा ६२ घर परिवारका २५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नु भएको छ।
नव प्रबेसिहरुलाई पार्टि केन्द्रीय सचिब रायमाझी, लुम्बिनी प्रदेस सांसद तथा प्रदेस कमिटि सचिवालय सदस्य घिमिरे, प्रदेस कमिटि सदस्यहरु जीव नारायण कोईराला, कुटमदिन अली,जिल्ला कमिटी उप सचिब शम्भु पोख्रेल,जिकस उमानाथ पौडेल, पालिका कमिटी अध्यक्ष कमल प्रसाद घिमिरे लगायतले फुल र अबिर लगाई पार्टिमा स्वागत गर्नु भएको थियो ।








